रसुवाको गोसाईकुण्ड गाउपलिकाको वडा नम्बर २ स्थित रसुवागढीमा चीन क्षेत्रमा परेको अविरल बर्षाका कारण आएको बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी सहित १२ जना नेपाली,६ जना चाइनिज रहेका छन् ।
बेपत्ता मध्ये इलाका प्रहरी कार्यालय टिमुरे रसुवागढीबाट उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ,प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्क विहिन छन् ।
रसुवा गोसाईकुण्ड गाउँ पालिका वडा नम्बर ५ पासाङल्हामु सडक खण्डमा बाढीका कारण सडक चर्किदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध बनेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।