
काठमाडौं, असार २४ :
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पुर्याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
सभापति देउवाले आज (मंगलबार) सामाजिक सञ्जालमार्फत रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध पनि गरेका छन् ।
उक्त बाढीमा परेर हालसम्म ६ चिनियाँसहित १८ जना हराइरहेका छन् । ९ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।