
धादिङ, असार २५ :
गए रातिदेखि परेको अबिरल वर्षाका कारण धादिङ मलेखु खण्डको सडक पुर्ण रुपमा अबरुद्ध बनेको छ ।
सडकमा गेग्रयान सहित लेदो माटो आएको छ । मलेखु धादिङ खण्डमा पर्ने शिद्धलेक गाउँपालिकाको बुङ्चुङ् नजिकै सडक अबरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा धादिङको सदरमुकामबाट संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा जाने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।
अहिले अवरुद्ध सडक खुलाउने प्रयास भई रहेको प्रहरिले जनाएको छ ।