काठमाडौँ, भदौ २६ :

नेपाली काँग्रेसको पदाधिकारी बैठक भोलि विहान बस्ने भएको छ। 

काँग्रेस सभापति शेरवहादुर देउवाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाउनुभएको हो ।

काँग्रेसका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु र सिनियर नेताहरुको संयुक्त बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा भोलि विहान ८:३० बजे बस्ने काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

संसदमा आज नेपाली काँग्रेस र एमालेका सांसदहरुले उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका थिए ।

तर माओवादी केन्द्र र रास्वपाका सासंदहरुले भने उपसभामुखमाथि महाअभियोगको प्रस्ताव ल्याइए प्रतिवाद गर्ने भनेका थिए ।