पश्चिम नवलपरासी, असार २५ :

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोलामा सडक भासिएको छ  ।

सडक भासिदा पुर्व पश्चिम राजमार्ग अबरुद्ध भएको छ । सडक आज बिहान भासिएको हो ।  सडक अवरुद्ध हुँदा अहिले दुबैतर्फबाट आएका गाडीहरु अलपत्र परेका छन् ।

बर्दघाट नगरपालिका वडा नम्बर चार खुर्सानी खोलामा तिन फिट जति सडक भासिएको प्रहरीले जनाएको छ । सडक भासिदा  एउटा मालबाहक ट्रक समेत सडकमा फसेको छ ।
राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले सडक भासिएको ठाउँमा मर्मतको काम सुरु गरिसकेको बताईएको छ ।

अघिल्लो बर्ष पनि  सोही स्थानमा सडक भाँसिएको थियो । सडक भाँसिदा दुई दिन सम्म राजमार्ग बन्द भएको थियो ।