काठमाडौं, असार २५ :

काठमाडौंको टोखामा गाडीको ठक्करबाट २४ वर्षीय युवकको मृत्यु भएको छ ।

टोखा नगरपालिका ६, ग्रान्डी सडक खण्डमा बा.प्र-०१ ००२ ज ७३७८ नम्बरको माइक्रोले बा.प्र-०२-०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय सोनाम योञ्जनको मृत्यु भएको हो । सर्लाहीको हरिवन नगरपालिका १, बिलन्दी घर भई अहिले भक्तपुरको थलीमा बस्दै आएका थिए ।

मंगलबार साँझ ३ बजेतिर भएको दुर्घटनामा सख्त घाइते भएका योञ्जनको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीले विगत १ वर्षदेखि काठमाडौंमा पठाओ चलाउँदै आएका थिए ।