बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

कैलालीमा खेल प्रशिक्षकबाटै किशोरी बलात्कृत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
कैलालीमा खेल प्रशिक्षकबाटै किशोरी बलात्कृत
प्रतीकात्मक तस्बिर ।
असार २५ :

कैलालीमा एक किशोरी बलात्कृत भएकी छिन् । धनगढी उपमहानगरपालिकाकी १५ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । धनगढीकै एक पुरुषले आफूलाई पटक-पटक बलात्कार गरेको भन्दै ती किशोरीले प्रहरीमा जाहेरी दिएकी छन् ।

आरोपित पुरुष किशोरीका खेल प्रशिक्षक हुन् र उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

‘आरोपित फरार छन्, खोजी कार्य भइरहेको छ,’ डीएसपी बोहराले भने । किशोरीलाई तेक्वान्दो दोजाङको कार्यालयमै बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार