तनहुँ, भदौ २६ :

तनहुँको मादी नदीमा पौडी खेल्ने क्रममा  एक बालक बेपत्ता भएका छन् ।

तनहुँको व्यास नगरपालिका–३ स्थितमादी नदीमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा पौडी खेल्ने क्रममा बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

साथीहरुसँग पौडी खेल्न गएका उनी नदीले बगाएर बेपत्ता भएका हुन् । 

नदीले बगाउने सम्भावित ठाउँमा आज खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।