बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्कासित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्कासित
नवलपरासी, असार २५ :

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासन गरिएको छ। असार १७ गते बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले खनाललाई एक वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।

नवलपरासीका खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको ठहर गर्दै अनुशासन समितिले उनलाई कारबाही गरेको हो। समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले उक्त निर्णयबारे पार्टी सभापति शेरबहादुर देउवासहित सम्बन्धित प्रदेश र जिल्लालाई जानकारी गराइसकेको जनाएका छन्।

ढुंगानाका अनुसार खनालविरुद्ध परेको उजुरीको आधारमा स्पष्टीकरण सोधिएको थियो। तर उनले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्राप्त प्रमाणको मूल्यांकनका आधारमा कारबाही गरिएको हो।

पार्टीको विधान २०२७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) तथा उपधारा (ङ) बमोजिम कारबाही गरिएको पनि ढुंगानाले स्पष्ट पारेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार