
काठमाडौं, असार २५ :
आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा,कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल आज थुनामुक्त भएका छन्।
सर्वोच्च अदालतले विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको ठहर गर्दै पुनरावलोकन गर्न भनेपछि उनीहरू तिनैजना यसअघि बुझाएको धरौटीकै आधारमा डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।
अब उनीहरुले विशेष अदालतको पुनः फैसलासम्म थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन्।
व्यापारीलाई कर छुट दिएर राज्यलाई ठुलो आर्थिक नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व महानिर्देशक शर्मा सहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।