शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

अनुशासनको कारबाही बारे छलफल गर्न नेपाली कांग्रेसको इतर समूहको बैठक बस्दै

· बिहीबार, २६ असार, २०८२ मा प्रकाशित
अनुशासनको कारबाही बारे छलफल गर्न नेपाली कांग्रेसको इतर समूहको बैठक बस्दै
काठमाडौं, असार २६ :

अनुशासनको कारबाही बारे छलफल गर्न नेपाली कांग्रेसको इतर समूहको बैठक अहिले नेता शेखर कोइरालाको सचिवालयमा बसेको छ।

बैठकमा हिजो पार्टीको अनुशासन समितिले बुधबार गरेको अनुशासनको कारबाही बारे समूहको धारणा बनाउने एक नेताले जानकारी दिए ।

बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेताहरु बलबहादुर केसी सञ्जय गौतम र मन्त्रीहरू सहभागी रहेका छन् ।  

समितिले तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य तथा गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ सभापति विष्णुकुमार राई, र पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता पार्टीबाट एक वर्षका लागि निष्कासित भएका छन्।

यस्तै, धनुषा लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निष्कासन गरिएको छ।

त्यसैगरी, धनुषा, कास्की र कैलालीका विभिन्न तहका १० जना नेता–कार्यकर्तामाथि छ महिनादेखि तीन महिनासम्मको निलम्बन गरिएको छ।

धनुषा सबैला नगरसभापति खटरु यादव, रामबाबु यादव, फुलगेन यादव, कास्कीका भावना श्रेष्ठ, कैलालीका भिमबहादुर शाह, पूर्णकुमार कुँवर, आनन्दराज जोशी, रविन्द्रप्रताप सिंह, लेखराज ओझा, सुभाष चन्द, बब्लकुमार चौधरीलाई छ महिनाको लागि निलम्बन गरिएको हो।कास्कीका निवर्तमान सभापति कृष्ण के.सी.लाई भने तीन महिनाका लागि निलम्बन गरिएको छ।

केन्द्रीय अनुशासन समितिले सबैप्रति स्पष्टिकरण मागेपनि प्राप्त जवाफ चित्तबुझ्दो नपरेको र उपलब्ध प्रमाणहरूका आधारमा पार्टी विधान २०७४ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) बमोजिम कारबाही गरिएको स्पष्ट पारेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार