काठमाडौं, असार २६ :
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएकोमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ।
नेविसंघले विधिवत् निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई बेवास्ता गर्दै बालुवाटारमा बैठक बोलाइनु लोकतान्त्रिक मूल्य र विधिमाथिको अपमान भएको बताएको छ। आजलाई तय बैठक अवैधानिक भएको भन्दै संघले तत्काल निर्णय सच्याउन माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीको सहभागिता बिना हुने कुनै पनि निर्णय गम्भीर अपमान हो।’
संघले उपकुलपति नियुक्तिमा पारदर्शिता नअपनाई सिफारिसको भरमा निर्णय भएको भन्दै विरोध जनाएको छ। यदि विद्यार्थीको आवाज बेवास्ता गरियो भने चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि नेविसंघले दिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद् महर्जन
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान