मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
राजनीति

‘राष्ट्रिय महाधिवेशनले पारित गरेको विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता’

जनसङ्गठनका महाधिवेशन दस्तावेज साता दिनभित्र पार्टी कार्यालयमा पठाउन निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ असार, २०८२ मा प्रकाशित
‘राष्ट्रिय महाधिवेशनले पारित गरेको विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता’
फाइल तस्बिर।
ललितपुर, असार २६ :

 नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानका विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताएका छन् ।

आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा  आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै उनले आफू सहभागी भएर पारित गरेको विधानका बारेमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताए ।

महासचिव पोखरेलले विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा  राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने धारणा राखे । ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो,’उनले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।’

उनले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताए । एमाले सरकारमा रहेको धेरैलाई मन नपरेकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनको भनाइ छ ।

‘विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन,’ उनले भने, ‘जतिबेला जे काम पर्छ त्यही गर्नुहोस । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरुले थाहा पाउनुहोस ।’

महासचिव पोखरेलले जनसङ्गठनमा हालै भएका महाधिवेशनका दस्तावेज केन्द्रीय कार्यलयमा साता दिनभित्र पठाउन निर्देशनसमेत दिए ।

पार्टी स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको निर्णयविरुद्ध नबोली नेता भइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गरे। भेलालाई केन्द्रीय सदस्यद्वय विष्णु रिजाल, रचना खड्कालगायतले पार्टीको विधि र विधान विपरीत नबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार