शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र कर्पोरेट

सुनचाँदी व्यवसायी आन्दोलित : भ्याट र विलासिता कर खारेजको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ असार, २०८२ मा प्रकाशित
सुनचाँदी व्यवसायी आन्दोलित : भ्याट र विलासिता कर खारेजको माग
काठमाडौं, असार २६ :

हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरूले  काठमाडौंमा प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतीघर मण्डलामा बिहीबार व्यवसायीहरूले प्रदर्शन गर्दै १३ प्रतिशत भ्याटसहित २ प्रतिशत विलासिता कर खारेजको माग गरेका हुन्। उनीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तामाथिको भार हो भन्दै नाराबाजीसमेत गरेका थिए।

सुन तथा सुनका गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर खारेज गरियोस्, हिरा तथा बहुमूल्य पत्थरमा लाग्ने १३ प्रतिशत भ्याट हटाइयोस् र सुनको भन्सार दर ६ प्रतिशतमा कायम गरियोस् भन्ने प्रदर्शनकारी व्यवसायीहरूको माग छ ।

व्यवसायीहरूको भनाइमा, पछिल्लो समय सरकारले लगाएको अतिरिक्त करले बजारमा नकारात्मक असर परेको छ। आम उपभोक्ता मारमा परेका छन् भने व्यवसाय पनि धराशायी हुने स्थितिमा पुगेको छ। सरकारले उनीहरूको माग प्रति चाँडै सकारात्मक ध्यान नदिए संघर्षको रूप अझ कडा बनाउने चेतावनी पनि व्यवसायीहरूले दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार