सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

काठमाडौंको बौद्धमा आगलागी, शारीरिक अशक्त वृद्धाको जलेर मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ असार, २०८२ मा प्रकाशित
काठमाडौंको बौद्धमा आगलागी, शारीरिक अशक्त वृद्धाको जलेर मृत्यु
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, असार २६ :

काठमाडौंको बौद्धमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु भएको छ ।

बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । आगलागीमा परेर काभ्रेको चौरीदेउराली ३ घर भई बौद्ध बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार तामाङ शारीरिक रूपमा अशक्त थिइन् । आगलागी हुँदा कोठाबाट ननिस्किन सक्दा उनको जलेर मृत्यु भएको हो ।

घटनामा कोठाको झ्याल, ढोका, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार