आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

एनपीएलको तयारी थाल्न राखेपलाई प्रधानमन्त्रीको निर्देशन

‘नेपालको खेल क्षेत्रमा आम्दानी हुने स्थिति बन्दै,खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ असार, २०८२ मा प्रकाशित
एनपीएलको तयारी थाल्न राखेपलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, असार २६ :

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् ।

राखेपद्वारा सादोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को बिहीबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिएका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको दोस्रो संस्करणको एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे । उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।

आफूले हालै स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रङ्गलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रङ्गशाला बनाउने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मङ्सिरमा प्रतियोगिता गर्न परिषद्लाई निर्देशन दिए । आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुुलाल चौधरीले सरकारले खेल क्षेत्रको पूर्वाधार विकासका साथै प्रोत्साहनका लागि काम भइरहेको बताए । परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले राष्ट्रिय खेलकुद प्रतियोगिता र जापानमा हुने २०औँ दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो तयारीका साथ प्रस्तुत हुने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार