चितवन, असार २७ :

चितवनको रत्ननगर वडा नं.७ पडेरिया पुल नजिकै बूढी राप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको शव आज बिहान फेला परेको छ।

आज बिहान सबा ५ बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उनको शव फेला पारिएको रत्ननगर नगरपालिकाको नगरप्रहरी टोलीले जनाएको छ ।  रत्ननगर-१५ माधवपुर निवासी लम्साल हिजो दिउँसो २ बजे पौडी खेल्ने क्रममा बूढी राप्ती नदीमा बेपत्ता भएका थिए।

रत्ननगर-७ पडेरियास्थित मामाघर गएका बेला उनी नदीमा पौडी खेल्न गएका थिए। बेपत्ता भएको १५ घण्टापछि उनको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ।