सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार बागमती प्रदेश अर्थतन्त्र

काठमाडौं महानगरपालिका : राजस्व परामर्श समितिको बैठक सकियो, २५ अर्बको बजेट सिलिङ

चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ असार, २०८२ मा प्रकाशित
काठमाडौं महानगरपालिका : राजस्व परामर्श समितिको बैठक सकियो, २५ अर्बको बजेट सिलिङ
काठमाडौं, असार २७ :

काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक बसेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षमा महानगरको कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि बजेट सीमा (सिलिङ) निर्धारण गरेको हो ।

बैठकले आगामी आर्थिक बर्षका लागि करिब २५ अर्बको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गरेको हो । बैठकमा प्रमुख शाहले जनचाहनाअनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।

यसपछि ४०औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभामार्फत बजेट सार्वजनिक गर्नेछ ।

नगरसभा बैठकमा प्रमुख बालेन्द्रले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । उपप्रमुख सुनीता डंगोलले बजेट पेस गर्नेछिन् ।

बैठकमा राजस्व परामर्श समितका संयोजक, सदस्य, सदस्य-सचिव तथा विभागीय प्रमुखहरुको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार