
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तर्क्रिया कार्यक्रममा उनले बजेट र मौद्रिक नीति समन्वय भएरै आउने विश्वास पनि व्यक्त गरे ।
निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिनेभन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाइ छ ।
ढकालले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझावअनुसार ३० वटा कानुन परिवर्तन भइसकेको पनि बताए ।
सरकारले बजेटमा हवाई टिकटमा लगाएको भ्याटलगायत विषय हटाउन सुझाव दिए पनि कार्यान्वयन नभएकामा गुनासो गरे । आगामी दिनमा सुझाव कार्यान्वयन हुने अध्यक्ष ढकालले विश्वास जनाए ।