चितवन, असार २७ :

पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

वस्तुभाउका लागि घाँस काट्न गएका मगर बुढाको मुत्यु भएको स्थानीय पत्रकार सञ्जय दुवाडीले जानकारी दिए ।

बाघको आक्रमणपछि वन प्रवेशमा निषेध गरिएको छ । दुवाडीका अनुसार स्थानीय बासिन्दा त्रसित बनेका छन् ।