सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
समाचार

५ वटा प्रदेशमा भारी वर्षा, हिमाली भूभागमा हल्का हिमपात

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ असार, २०८२ मा प्रकाशित
५ वटा प्रदेशमा भारी वर्षा, हिमाली भूभागमा हल्का हिमपात
काठमाडौं, असार २८ :

देशभर आज (शनिबार) दिउँसो आंशिकदेखि साधारणत: बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

यसैगरी शनिबार राति देशभर आंशिकदेखि साधारणत: बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार