ललितपुर, असार २८ :

ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शनिबार पत्रकार सम्मेलन गरी कुल ६८.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्च भने ६०.६२ प्रतिशत गरेको बताए । महर्जनकाअनुसार चालु आवमा महानगरपालिकाले चालु खर्च ८५.३२, राजस्व संकलन ७५ प्रतिशत र बेरुजु ०.५२ प्रतिशत छ ।

त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्यांकन ९९.५ प्रतिशत र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७४.७१ प्रतिशत रहेको बताएको छ । महानगरपालिकाले आगामी आव ०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ चार अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि एक अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ एक अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।