काठमाण्डौँ , भदौ २७ :

प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।

दिउसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने छ । 

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९- ०८०” पेश गर्नुहुने कार्यसूची रहेको छ । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेको छ ।

त्यसैगरी आजको बैठकमा मन्त्री चौरसियाले “विधायन सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।