
इलाम, असार २८ :
प्रधानमन्त्री केपी ओलीले इलामको माई नगरपालिकाको शीतलीमा १५ शय्याको अस्पताल उद्घाटन गरेका छन् ।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरे । साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे । सो पालिकाका १७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीय बासिन्दालाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बासिंह लिम्बूले मागपत्र बुझाएका थिए ।