
काठमाडौं, असार २९ :
काठमाडौंबाट दाङ जाँदै गरेको बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटना भएको छ । बस दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था सिकिस्त छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु.प्र. ०२-००१ ख ००४५ नम्बरको बस आइतबार बिहान झन्डै ४ बजे दुर्घटनामा परेको हो।
घाइतेहरुको बुटवलका विभिन्न अस्पताल र कपिलवस्तुको चन्द्रौटामा रहेको सन्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।