काठमाडौं, असार २९ :

युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको जनाएका छन् ।

अमेरिकाले गत साता केही महत्त्वपूर्ण हतियारको आपूर्ति बन्द गरेको बेला यो कदम चालेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसी न्युजलाई जनाएअनुसार उनले नेटोसँग सम्झौतामा हस्ताक्षर गरेका छन् । जसअन्तर्गत युक्रेनले यस गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली पाउनेछ ।

रुसको बढ्दो हवाई आक्रमणपछि यो निर्णय गरिएको हो । हतियारको आपूर्ति बन्द भए यसले युक्रेनको सुरक्षामा असर पर्ने ट्रम्पले चिन्ता व्यक्त गरेका थिए । -बीबीसी