बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

नवराज सुवेदीको प्रतिक्रिया- राजेन्द्र लिङ्देनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारें

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
नवराज सुवेदीको प्रतिक्रिया- राजेन्द्र लिङ्देनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारें
असार २९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनीत गरेका थिए । सोही निर्णयविरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाहीसहित सुवेदी आइतबार आयोग पुगेका हुन् ।

आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिए । उनले अध्यक्ष लिङ्देनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाए । उनले पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहोर्‍याउँदै थप प्रतिक्रिया पछि दिने बताए ।

राप्रपामा फेरि विवाद, असन्तुष्ट समूह पुगे निर्वाचन आयोग

‘अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको हो । केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन । त्यसकारण यो प्राकृतिक न्यायको खिलापमा उहाँहरुले निर्णय गर्नुभयो,’ सुवेदीले भने, ‘निर्णय गर्नुभन्दा अगाडि मलाई सोध्नु पनि पर्थ्यो । मलाई सोधिएको पनि छैन । मैले त मिडियाबाट थाहा पाएँ । त्यसकारण म निर्वाचन गर्न आएको हो । पार्टीभित्र अन्याय भइरहेकोले त्यसको खिलापमा मैले आवाज उठाएको हो । निष्पक्ष न्याय पाएपछि म के गर्छु थाहा हुन्छ । पार्टीभित्र यस्तो षड्यन्त्र नहोस् भनेर म उजुरी गर्न आएको ।’

उनले राजसंस्था पुनःस्थापनको आफूहरुको आन्दोलन जारी रहेको पनि दाबी गरे । पार्टीभित्र कुनै गुट नहुन् भन्ने पक्षमा आफू रहेको पनि उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार