काठमाडौं, असार २९ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राखेका हुन् । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । 

उनले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गरे।

उनले भने, ‘अहिले प्रधानमन्त्री सहभागि कार्यक्रममा सहभागि हुन भनि गएका मान्छेहरु नफर्किएको पुष्टि भइसकेको छ । यसको छानबिन गरौं । संसदीय छानबिन समिति बनाउनको लाग यो सरकार किन डराएको छ । यसबारे संसदीय छानबिन समितिको माग गर्दछौं ।’

उनले भिजिट भिसा दुरुपयोग सम्बन्धी अनुसन्धानका लागि छानविन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेतब बताए ।