शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति

मन्त्रीको ‘घुस डिल’ बारे माओवादी सांसद राईले मागिन् प्रधानमन्त्रीको जवाफ

मुलुक बिचौलियाहरुले चलाइरहेका छन् भन्ने कुराको पुष्टि हुनेगरी समाचारहरु आइरहेका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
मन्त्रीको ‘घुस डिल’ बारे माओवादी सांसद राईले मागिन् प्रधानमन्त्रीको जवाफ
काठमाडौं, असार २९ :

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त रहेको आरोप लगाएकी छिन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले मुलुक विचौलियाले चलाइरहेको पुष्टि भएको टिप्पणी गरिन् ।  उनले पछिल्लो समय बिचौलियाहरुको चलखेल र घुस डिलसम्बन्धी समाचार नियमित रुपमा आउन थालेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन् ।

उनले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी अडियो सार्वजनिक भएको घटनालाई स्मरण गर्दै प्रधानमन्त्रीमाथि प्रश्न गरिन् । उनले मन्त्रीका घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न पनि गरिन् ।

उनले भनिन्, ‘सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ । मुलुक बिचौलियाहरुले चलाइरहेका छन् भन्ने कुराको पुष्टि हुनेगरी आएका समाचारहरु बढ्दै छन् । समाचारमा आएको विषय मन्त्रीज्यूको मात्र विषय नभएर सम्माननीय प्रधानमन्त्रीज्यूको पनि हो । कुनैपनि मन्त्रीवारे विवाद आए स्वयं मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो । मन्त्रीज्यूको विषयमा त पालिका प्रमुख सरुवाको बारे लगायत विषयमा घुस डिल गरेको समाचारहरु आइरहन्थ्यो । 

यसरी घुस डिल गरेको अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो सभामुख महोदय ? मन्त्रीका घुस डिलहरु बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ?’

उनले प्रधानमन्त्री र मन्त्रीहरुमा नैतिकताको खडेरी रहेको पनि टिप्पणी गरिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार