बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

‘हवल्दारसम्मका प्रहरी १६ वर्षमै पेन्सनमा जाने व्यवस्था’

अब ट्राफिक उल्लङ्घनकर्ताले अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिन सक्नेछन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
‘हवल्दारसम्मका प्रहरी १६ वर्षमै पेन्सनमा जाने व्यवस्था’
काठमाडौं, असार २९ :

गृहमन्त्री रमेश लेखकले प्रहरी कर्मचारीका लागि उल्लेखनीय सुधारको घोषणा गर्दै हवल्दारसम्मका सुरक्षाकर्मीलाई १६ वर्षे सेवापछि पेन्सनमा जान सक्ने व्यवस्था नयाँ प्रहरी विधेयकमा समावेश गरिएको बताएका छन्।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा सुरु गर्दै गृहमन्त्री लेखकले केही दिनभित्रै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उक्त विधेयकमाथि पुनः छलफल सुरु हुने जानकारी दिए।

‘प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरेर अवकासमा जाने व्यवस्था विधेयकमा गरिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘उच्च मनोबलसहित कार्यदक्षता बढाउन यो कदम चालिएको हो।’

उक्त अवसरमा मन्त्री लेखकले प्रहरी संगठनलाई आगामी वर्षको बजेटमा तुलनात्मक रूपमा राम्रो विनियोजन गरिएको समेत बताए।

गृहमन्त्री लेखकका अनुसार नेपाल प्रहरी जनसामान्यबीच ‘लोकप्रिय संस्थाको रुपमा विकास’ हुँदै गएको छ। प्रविधिको प्रयोगमार्फत प्रहरीले द्रुतगतिमा सुधार गरिरहेको उनको दाबी छ।

‘नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ,’ उनले भने, ‘मन्त्रालयमा अस्थायी प्रहरी चौकी स्थापनाको माग उच्च छ, स्थायी रूपान्तरणको चाप पनि देशव्यापी रूपमा देखिएको छ।’

 अब ट्राफिक उल्लङ्घनकर्ताले अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिन सक्नेछन्। यसबाट ट्राफिक प्रहरी कार्यालयसम्म जानुपर्ने बाध्यता हटेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार