बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश भिडियो

विमानमा आगलागी भएपछि साउथेन्ड विमानस्थल बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० असार, २०८२ मा प्रकाशित
विमानमा आगलागी भएपछि साउथेन्ड विमानस्थल बन्द
लन्डन, असार ३० :

सानो विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

साउथेन्ड-अन-सीमा १२ मिटर लामो विमानमा आइतबार आगलागी भएको बीबीसीले समाचारमा जनाएको छ ।

दुर्घटनामा अहिलेसम्म कुनै हताहत भएको पुष्टि भएको छैन ।

विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने र यात्रुलाई यसबारे थप जानकारी गराइने जनाएको छ ।

उनीहरूले सोमबार यात्रा गर्ने योजना बनाइरहेका मानिसहरूलाई आफ्नो एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिएका छन् ।

डच कम्पनी ज्युस एभिएसनले दुर्घटनाग्रस्त उडान एसयूजेडवान भएको पुष्टि गरेको छ ।

कम्पनीले अनुसन्धानमा आफूहरुले पूर्ण सहयोग गरिरहेको जनाएको छ । ‘घटनाबाट प्रभावित सबैप्रति हाम्रो समवेदना छ,’ कम्पनीले भनेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार