नेपाली बजारमा आज (सोमबार) सुन-चाँदी दुवैको मूल्य बढेको छ । सुन प्रतितोला चार सय रुपैयाँले बढ्दा चाँदी प्रतितोला ३० रुपैयाँले बढ्दै हालसम्मकै उच्च मूल्य कायम भएको छ ।
सुनको मूल्य आइतबार प्रतितोला ११ सय रुपैयाँले बढ्दै एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो । गएको शुक्रबार छापावाल सुनको मूल्य एक लाख ९१ हजार ८०० रुपैयाँ कायम थियो ।
अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मू्ल्य एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीमा प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार ३१५ रुपैयाँ मूल्य कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । चाँदी आइतबार प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।