बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

मध्यपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ३६ करोडको बजेट स्वीकृत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० असार, २०८२ मा प्रकाशित
मध्यपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ३६ करोडको बजेट स्वीकृत
काठमाडौं, असार ३० :

मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार