शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

राजेन्द्र लिङ्देनको प्रश्न- प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले के काम गरिरहेको छ ?

‘जनताको आवाजलाई सम्बोधन गर्न सभामुखले पनि पहलकदमी लिनुपर्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० असार, २०८२ मा प्रकाशित
राजेन्द्र लिङ्देनको प्रश्न- प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले के काम गरिरहेको छ ?
काठमाडौं, असार ३० :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट प्रतिवाद गर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकका प्रारम्भमा उनले मुलुकमा भ्रष्टाचार र कुशासनका विषय छरपस्ट भइरहँदा प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले के काम गरिरहेको छ ? भनी प्रश्न गरे ।

‘मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विषय बाहिर आइरहेको छ, नैतिकता छ र सुशासनप्रतिको प्रतिबद्धता छ भने त मन्त्रीले राजीनामा दिनुपर्ने होइन र ?’, अध्यक्ष लिङ्देनले प्रश्न गरे, ‘हामी सदन र सडकबाट यसको सशक्त प्रतिवाद गर्छौं ।’

अध्यक्ष लिङ्देनले ‘भिजिट भिसा’ प्रकरणको निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रतिपक्षी दुई दलले संसदमा विरोध गरिरहँदा जबरजस्ती बैठक चलाउने अभ्यास ठिक नभएको बताए । ‘जनताको आवाजलाई सम्बोधन गर्न सभामुखले पनि पहलकदमी लिनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षी दलले उठाएका विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोकुमार चौधरीले गृहमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमाथि उठेका प्रश्नको निश्पक्ष छानबिन गरी जवाफ दिनुपर्ने बताए । आ–आफ्ना पार्टीका तर्फबाट धारणा राखेर रास्वपा र राप्रपाका सांसदहरु बैठकबाट बाहिरिएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार