काठमाडौं, असार ३० :

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दाबी गरे । 

प्रतिनिधिसभाको बैठकमा सोमबार बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराहरुको बीचमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कयौं मानक बनाउन सकेको बताए ।

उनले आफू सोही दिशाका लागि आत्मलोचनासहित अघि बढेको पनि बताए । उनले गणतन्त्रमाथि राजावादी मात्र नभइ सरकारको कार्यशैलीबाट नै खतरा रहेको बताए ।उनले भने, ‘गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराका बीचमा पनि कयौँ मानक बनाउनसक्यौँ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा । 

पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देशलाई रुपान्तरण गर्नसक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ । यही अठोटका साथ आत्मलोचनाका साथ अघि बढेका छौँ ।’ उनले सरकारले कुशासनको तानाशाही गाढा चलाइरहेको आरोप लगाए ।