काठमाडौं, असार ३० :

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैर प्रजातान्त्रिक भएको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै रास्वपा सभापति रवि लामिछानेकै कारण चालकको रहष्यमयी मृत्यु र पत्रकार शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु परेको बताए ।

प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले प्रेस स्वतन्त्रताको विरुद्धमा बोलेको बताए। रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने टिप्पणी गरे । रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो, फोकाहरुको पार्टी हो भन्न नपरोस् भन्दै चेतावनी दिए ।

सांसद बजगाईंले भने, यो संसदमा कुरुपहरुले हर्कत देखाउन खोजेका छन् । तपाईंहरुले हर आक्रमण प्रयास गर्न खोज्नुभएको छ । मुलतः कांग्रेसमाथि । यसका कारण पनि तपाईंहरु प्रतिगामी र गैर प्रजातान्त्रिक हो । घरमा चालक शम्भू वीरबहादुर थापाको रहष्यमय मृत्यु भयो । शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु पर्‍यो ।’ सांसद बजगाईंले पहिला आफूमाथि लागेका दागहरु सफा गर्न रास्वपालाई आग्रह गरे ।