शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार गण्डकी प्रदेश

धार्चे पहिरोमा बेपत्ता भएका ५ जना मध्ये ४ जनाको शव फेला

· सोमबार, १५ साउन, २०८१ मा प्रकाशित
धार्चे पहिरोमा बेपत्ता भएका ५ जना मध्ये  ४ जनाको शव फेला

गोरखा,साउन १४: गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका ५ जना  मध्ये ४ जनाको शव फेला परेको छ ।आज बिहान करिब ३ बजे नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले जितबहादुर गुरुङको कृषि फर्म सहित एक घर बगाउँदा वेपत्ता भएका ५ जनामध्ये ४ जनाको शव आज फेला परेको हो । जितबहादुर सहित उनको ६० वर्षका बुवा सुलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ बर्षकी कान्छी गुरुङ र सिङ्लाका ३३ वर्षीय रमेश गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सुरक्षाकर्मी सहित स्थानीयले वेपत्ताको खोजीका क्रममा सोमबार दिउँसो पौने १ बजेदेखि पौने ३ बजेसम्ममा सुलाल, जितबहादुर र रमेशको शव घटनास्थलबाट २० देखि ३० मिटरको दूरीमा फरक फरक ठाउँमा पुरिएको अबस्थामा फेला परेको डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

कान्छीको शव गण्डकी गाउँपालिका वडा नं.८ बर्खेघाट स्थित त्रिशुली नदीको किनारमा फेला परेको उहाँको भनाइ छ ।

आइतबार बिहान करीब ३ बजे नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोमा परेर ५ जना वेपत्ता भएका थिए । आइतबार दिनभरको प्रयास पनि असफल भएपछि सोमबार बिहानैदेखी जेसिबिको प्रयोग गरी खोजी भैरहेको हो ।
पहिरोले सोही ठाउँका ३७ वर्षीय जितबहादुर गुरुङको कृषि फर्म सहित एक घर बगाएको हो । सो क्रममा जितबहादुर सहित उनकी श्रीमती ३५ वर्षीय कान्छी वेपत्ता छन् ।
शव फेला परेका सुलाल जितबहादुरका वुवा हुन् । सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्याक्टर चालक २४ वर्षीय रमेश परियार पनि बेपत्ता छन् ।
उनीहरु सबै वाटर इनर्जी प्रालीको निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत थिए । घटनामा घाईते भएका धार्चे गाउँपालिका–५ सिङलाका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको हाल ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैरहेको छ ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार