नेपाली बजारमा आज (मंगलबार) अघिल्लो दिन (सोमबार) को तुलनामा चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको छ । सुनको मूल्य भने स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेर सोमबार एक लाख ९३ हजार ३०० कायम भएको थियो । आज मंगलबार पनि सोही मूल्य नै निर्धारण भएको छ ।
चाँदी प्रतितोला ४० रुपैयाँले घट्दै २२ सय ७५ कायम भएको छ । अघिल्लो दिन हिजो (सोमबार) चाँदी प्रतितोला २३ सय १५ रुपैयाँ कायम थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य ३,३६३ अमेरिकी डलर निर्धारण भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।