शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

'हिंसा' भन्ने शब्दप्रति एमाले-माओवादी सांसदहरुको भनाभन

· बुधबार, २७ भदौ, २०८१ मा प्रकाशित
'हिंसा' भन्ने शब्दप्रति एमाले-माओवादी सांसदहरुको भनाभन
काठमाडौँ, भदौ २७ :

प्रतिनिधि सभाको बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरुबीच भनाभन भएको छ। 

सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने जानकारी दिएलगत्तै  विवाद शुरु भएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको जानकारी समयमै नआएको भन्दै असन्तुष्टी व्यक्त गरे लगत्तै  एमाले सांसद रघुजी पन्तले पुन: प्रतिवाद गर्नुभएको थियो । 

यस लगत्तै माओवादी केन्द्रका सांसदहरुले उठेर बैठकलाई अबरुद्ध पारेका थिए । सभामुखले पटक पटक अनुरोध गर्दा पनि माओवादी केन्द्रका सांसदहरु नमानेपछि सभामुखले सांसद देवेन्द्र पौडेललाई समय दिनुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार