बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
अर्थतन्त्र सेयर बजार

सेयर बजारमा करेक्सन, ३५ अंकले नेप्से बढ्दा झन्डै साढे ९ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
सेयर बजारमा करेक्सन, ३५ अंकले नेप्से बढ्दा झन्डै साढे ९ अर्बको कारोबार
काठमाडौं, असार ३१ :

साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा करेक्सन देखिएको छ । सोमबर ३५.०९ अंकले घटेको सेयरबजार मंगलबार भने ३४.४६ अंकले बढेको छ । योसँगै नेप्से २७६०.१७ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.०४ अंकले बढेर ४८१.४० अंकमा चढेको छ ।

नेप्सेमा आज ३१७ वटा कम्पनीको ७४ हजार ५७ पटकको कारोबारमा दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर किनबेच भए । जसअनुसार आज नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँबराबरको कारोबार भएको छ ।

आजको दिनमा सेयर बजारमा हरियाली छाएको छ । आजको दिनमा २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको मात्र घट्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा १२ वटा समूहको सूचक बढ्दा सामूहिक लगानी कोष समूहको सूचक भने स्थिर रह्यो ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सुपर मादी हाइड्रोपावर लिमिटेड परेको छ । जसको मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ । यसको सेयरमूल्य प्रतिकित्ता १०६४.९९ रुपैयाँ कायम भएको छ ।

बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । यसको सेयर मूल्य सर्वाधिक ४.६४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९५५.१३ रुपैयाँमा झरेको छ ।

नेप्सेमा आज बुटवल पावर कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । बुटवल पावरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८९३ रुपैयाँमा रह्यो । यसको ५२ करोड ३२ लाख ६३ हजार ६३ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार