बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुमारीको हातबाट टीका ग्रहण#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण #कुमारीको हातबाट टीका ग्रहण#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण
समाचार स्वास्थ्य शिक्षा

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : ३ अर्ब १९ करोड बजेट स्वीकृत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : ३ अर्ब १९ करोड बजेट स्वीकृत
काठमाडौं, असार ३१ :

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको १५औं बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा आज (मंगलबार) भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।

कुलपति ओलीले बेरुजु फर्स्योटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान) हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार