काठमाडौं, असार ३१ :

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको १५औं बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा आज (मंगलबार) भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।

कुलपति ओलीले बेरुजु फर्स्योटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान) हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी छ ।