असार ३२ :

शुक्लाफाँटा नगरपालिका–१० मा रहेको  टोटी खोलाको  पुल जीर्ण बनेको छ ।  स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।

झण्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पूर्वतर्फको भाग भाँसिएको छ । स्थानीयवासी सोही पुलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन् । स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ । पुलको दुरावस्थाबारे नगरपालिकालाई  जानकारी गराइएको उनी बताउछन् ।

यसैबीच पूर्वाधार विकास कार्यालय कञ्चका प्रमुख योगेन्द्र अधिकारीका अनुसार टोटीखोलामा बक्स कल्भर्ट निर्माणका लागि एसएमएम जेभीसँग आगामी असोजदेखि काम थाल्ने गरी असार २३ गते निर्माण सम्झौता भएको छ ।

उक्त योजना अन्तर्गत रु दुई करोड ९१ लाख ८८ हजार लागतमा दुई स्पानको बक्स कल्भर्ट निर्माण गरिने छ ।