आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश मधेस प्रदेश

कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुससहित रंगेहात पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३२ असार, २०८२ मा प्रकाशित
कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुससहित रंगेहात पक्राउ
जनकपुर, असार ३२ :

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयको टोलीले बुधबार दिउँसो उनलाई नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार दिउँसो करिब १:४५ बजे पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा मेयर साहलाई रंगेहात पक्राउ गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार