
काठमाडौं,साउन १४ : मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतका लागि नेपाली राजदूतमा भने डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ ।
सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ । श्रेष्ठलाई फिर्ता बोलाएर उहाको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ ।
मन्त्रिपरिषद बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस गरेको छ ।