बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ निर्वाचित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ निर्वाचित
काठमाडौं, साउन १ :

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् । अफ्रिकी मुलुक तान्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उनी उपाध्यक्ष निर्वाचित भएका हुन् ।

श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुन् । काउन्सिलको आगामी तीन वर्षका लागि सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन भएको हो । यद्यपि चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठले बताए ।

नेपालको प्रतिनिधित्व गरेका श्रेष्ठको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहेका छन् ।

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्षमा अली हान्सेर्ली (साइप्रस) निर्वाचित भएका छन् । यस्तै तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भएका छन् ।

अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सीके नायक र तान्जानियाका जियादा किलोबो छानिएका छन् ।  तान्जानियाको आरुसामा सोमबारदेखि जारी काउन्सिलको विश्व सम्मेलन शुक्रबार समापन हुँदै छ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार