काठमाडौं, साउन १ :

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यसैगरी चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँ कायम छ । हिजो सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढ्दै २२ सय ६५ रुपैयाँ कायम छ । चाँदी हिजो प्रतितोला २२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।