काठमाडौं, साउन २ :

नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विकास कुनै पनि नाममा अवरोध हुन नहुने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले विकासका नाममा विरोध गरेर मुलुक सधैं नचल्ने बताए । मौजुदा कानुनका कारणले जनताले सधैं दुःख पाइरहने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए ।

कुनै पनि कानुनी अल्झनका आधारमा विकासमा अवरोध हुन नहुने उनको भनाइ छ । नियतवश काम नगर्ने ठेकेदारलाई कानुनी प्रावधान देखाएर तत्काल कानुनी दायरामा ल्याउन भण्डारीले मागसमेत गरे ।

‘विकास कुनै पनि नाममा अवरोध हुनु हुँदैन । यसरी मुलुक सधैँ चल्छ त ? मौजुदा कानूनको कारणले सधैँ जनताले दुःख पाइरहनुपर्ने ? कुनै पनि कानूनी अल्झनका आधारमा अवरोधको काम भइरहेको छ । नियतवश काम नगर्ने ठेकेदारलाई कानुनी प्रावधान देखाएर अन द स्पट कानुनको दायरामा ल्याउने काम चाहियो । स्थानीय रुपमा हुने अवरोध निषेध हुने अवस्था निर्माण गरौं,’ उनले भने ।

सांसद भण्डारीले विकासका काममा अवरोध गर्ने कार्यकर्तालाई त्यसो गर्न नदिने कानुनी व्यवस्थ गर्नुपर्ने बताए । कानुनी रुपबाट मुलुकलाई सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।