
नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन् ।
नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रममा उनले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गरे । एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी) मा आएको बताए । नेपालमा कम्युनिस्ट पार्टी एउटै निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
‘आज म एक्लै आएको छैन । एक्लै आउँदा कहिल्यै पनि सफल भइनँ । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु । धेरै कमरेडहरुलाई सँगै ल्याएको छु,’ गौतमले भने, ‘नेपालमा कम्युनिस्ट पार्टी एउटै निर्माण गर्नुपर्छ । छरिएर रहेका कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्छ । म आन्दोलनको नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन अहिलेसम्म असफल भएकै छैन । सफलतमात्रै प्राप्त भएको छ ।’
नेता गौतमले नेपाली जनतालाई मालिक बनाएर छोड्ने प्रतिबद्धता पनि जनाए ।