काठमाडौं, साउन २ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुलाई पार्टीमा बढीभन्दा बढी आबद्ध गराउनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रममा उनले नेपाल सबै जातजातिको देश भएको र अझै यसलाई सुन्दर बनाउनुपर्ने धारणा राखे । उनले नेपालको मौलिकता भनेकै बहुलजाति भाषा, धर्म, संस्कृति रहेको बताए ।

उनले नेपालको पहिचान र संस्कृति जोगाउन आदिवासी जनजातिहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए । आदिवासी जनजातिहरुका लागि कांग्रेसले गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको उनको आश्वासन थियो ।

‘यो सबै जातजातिको देश हो । यसलाई अझै सुन्दर बनाउनुपर्छ । यो हाम्रो मौलिकता हो । हाम्रले देशको पहिचान हो । आदिवासी जनजातिहरुले पहिचान जोगाउन महत्त्वपूर्ण छ,’ सभापति देउवाले भने, ‘पहिचानसहितको राष्ट्र हो यो । नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई बढीभन्दा बढी नेपाली कांग्रेसमा आबद्ध गराउनुहोला । यसका लागि कांग्रेसले के गर्नुपर्छ त्यो सहयोग गर्नेछ ।’

सभापति देउवाले नेपाल सुन्दर देश भएको बताए । आदिवासी जनजातिहरुले नेपालको पहिचान जोगाउने काममा ठुलो योगदान पुर्‍याएको देउवाको भनाइ छ ।