काठमाडौं, साउन ३ :

बंगलादेशमा जारी साफ यु -२० महिला च्यामपियनसिप अन्तर्गत आज नेपाल र भुटानबीच खेल हुदैछ ।

खेल ढाका स्थित बसुन्धारा स्पोर्टस ग्राउण्डमा नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।

खेल चारवटा राष्ट्रबीच डबल राउण्ड रोबिनको आधारमा खेलाईनेछ ।

शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । बंगलादेश चार खेलबाट १२ अंक बटुल्दै पहिलो स्थानमा रहेको ५ भने नेपाल ४ खेलबाट ९ अंक सहित दोस्रो स्थानमा रहेको छ । 

भुटान ४ खेलबाट ३ अंक सहित तेस्रो स्थानमा रहेको छ भने अंकविहिन रहेको श्रीलंका भने पुछारमा रहेको छ ।